झापा , बैशाख १५ । झापा गाउँपालिकामा एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं ४ बस्ने अलकास वस्तीका ५५ वर्षिय पुरुष रहेका छन् । मुसलमान समुदायका ती पुरुष दम र चिनीरोगवाट पीडित थिए । उनको अचानक श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि विराटनगरको नोवेल हस्पिटल लगिएको थियो । हस्पिटलले उक्त व्यतिmको कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएपछि हस्पिटलको सघन कक्षमा उपचार गराईरहँदा उनको गएराति मृत्यु भएको हो । हस्पिटलले उनको कोरोना पोजेटिभका कारण मृत्यु भएको बताएको छ ।
मृत्यु हुने व्यक्ति स्थानिय वासिन्दा हुन् । उनी वेलावेलामा झापा बजारमा सागसब्जी ल्याएर बेच्ने काम गर्थे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्