सुनसरी, बैशाख १५ । सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोकमा रहेको पशुपति फ्याक्ट्रीका एक मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको छ ।

भारत बिहार समस्तिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको हो । मंगलबार राति ९ बजे सोही फ्याक्ट्रीमा दुई तलामाथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्