उदयपुर, बैशाख १५ । उदयपुरको उदयपुरगढी –७ मा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा १२ जना घाईते भएका छन् । दिउँसो पौने १२ बजे उदयपुरगढीबाट गाईघाटतर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार रहेका १३ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाईएकोमा उदयपुरगढी गाउँपालिका–१ का ३७ बर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगर पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्