दमक , बैशाख १६ । झापाको दमकमा शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहान ६ बजे दमक नगरपालिका –९ स्थित प्रगति मार्गमा टिनको डब्बामा कालो टेपले बाधेको अबस्थामा शंकास्पद बस्तु फेला परेको हो । त्यस पोकामा सादा कागजमा नेपाल कम्युनिष्ट पार्टी विद्रोही लेखिएको कागज टाँसिएको थियो । खवर हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटीगई उक्त स्थान सुरक्षित राखेको थियो । त्यस वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान १०.२० बजे निश्क्रिय पारेको प्रहरीले जनाएको छ । पुरानो स्टिलको रंगको बट्टामा ढुङ्गा हालेर बाहिर तारले बेरेको अवस्थामा राखिएको हुनाले बिस्फोट नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम भएको हुनसक्ने भन्दै स्थानीय त्रसित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्