कुमरखोद , बैशाख १७ । झापा गाउँपालिकामा फेरि अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।

दुई दिनमा यहाँ दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । झापा गाउँपालिका वडा नं ४ का गणेश थरका ५७ वर्षिय पुरुषको आज बिहान नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको जम्मुकाश्मिरमा कामको सिलसिलामा गएका उनी विरामी भएर बैशाख १२ गते फर्केका थिए । त्यसपछि उनलाई धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ निको नभएपछि नोवेल ल्याइएको थियो । विहान ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।यसअघि बुधबार सोही वडाका ५५ वर्षिय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्