झापा , बैशाख १७ । मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगर रहेका छन् ।बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ बर्षीय गंगाप्रसाद लुईटेल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्