बिर्तामोड,बैशाख १७ । बिर्तामोडका जनप्रतिनिधिसहित १० जनालाई आज कोरोना संक्रमण पुष्टि भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलालाई कोरोना संक्रमण पुष्टि भएको हो । वडाध्यक्ष संग्रौलासहित उनकी श्रीमतीलाई पनि संक्रमण देखिएको छ । एन्टीजेन टेष्टमा दुवैलाई संक्रमण पुष्टि भएको बिर्तामोडको नगर अस्पतालले जनाएको छ । बिर्तामोडमा आज ५ महिला र ५ पुरुष गरी १० जनालाई संक्रमण पुष्टि भएको हो संक्रमितहरु वडा नं १ , ४ , ५ र १० का रहेका छन् । अन्य स्थानीय भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक सापकोटाले बताए । बिर्तामोडमा कोरोना संक्रमितको सँख्या बढ्दो छ । दुई सातामा ९४ जना सक्रिय संक्रमित पुगेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्