बिर्तामोड, बैशाख १८ ।अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले १३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कोरोना भाइरस महामारी फेरि फैलिरहेकोले महासंघले मास्क, सेनिटाइजर र पर्चा वितरण गरेको हो । युनियनले बिर्तामोडको मुक्तिचोकबाट पैदलयात्री, अटो, मोटरसाइकलमा सवार, व्यवसायीहरुलाई शनिवार स्वास्थ्य सामग्री वितरण गरेको हो ।
मजदुर दिवसको शुभकामनासहित २ हजार मास्क, २ हजार पर्चा वितरण गरिएको महासंघ झापा अध्यक्ष सीता सापकोटा सन्ध्याले बताइन् । कार्यक्रममा महासंघका प्रदेश नं. १ इन्चार्ज भुपाल सापकोटा, श्रम तथा रोजगार विभाग झापा संयोजक डण्डी घिमिरे विवेक, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य लक्ष्मी न्यौपाने सरुसहितको सहभागिता रहेको थियो ।
महासंघले वितरण गरेको पर्चामा मास्क अनिवार्य प्रयोग गरौं, सावुन पानीले बेलाबेलामा राम्रोसँग हात धुने, कोभिडको लक्षण देखिएका परीक्षण गराउने र क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्ने, भीडभाडबाट बच्ने, अतिआवश्यक कामबाहेक घरबाट बाहिर नजाने, सेनिटाइजरको प्रयोग गर्नेलगायत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्