झापा,बैशाख १८ । झापाको बिर्तामोडमा ट्रयाक्टरको डाला पल्टिदा एकजनाको मृत्यु भएको छ ।
बिर्तामोड–४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको हो । शनिबार दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोलमा मे १ त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागि ब्याक गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिदा ट्रयाक्टरका सहचालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का नियन्त्रणमा रहेका छन् ।
त्यस्तै मोरङ ग्रामथान–५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । शनिबार दिउँसो पौने १ बजे ग्रामथान–२ मा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक माझी गम्भीर घाईते भएका थिए । उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र चालक सुनसरी बर्जु–५ का जयनारायण चौधरी नियन्त्रणमा रहेका छन् ।