झापा, बैशाख १८ । झापामा कोरोना संक्रमितहरुको सँख्या उकालो लाग्दै गएको छ । दिन प्रतिदिन संक्रमण विस्तार हुँदै गएको हो ।

यसक्रममा शनिवार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुष गरी ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये सबैभन्दा बढी भद्रपुरमा ११ महिला र १३ पुरुषसहित २४ जनामा संक्रमण देखिएको छ । त्यस्तै बिर्तामोडमा ७ महिलासहित १३ जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दीबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ८ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्ज ,कचनकवल र शिवसताक्षीमा १–१ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । योसँगै झापामा संक्रमितको संख्या ५०७३ पुगेको छ । त्यसमध्ये ४५२९ डिस्चार्ज भएका छन् । हाल आइसोलेसनमा ४१० जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्