ओखलढुंगा,बैशाख १८ ।ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ सिल्खुबेसीमा बर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपाया पुरिएर मरेका छन् ।

पहिरोबाट ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आज दिउँसो पौने ४ बजे बर्षाका कारणबाट पहिरो जाँदा चम्पादेवी–३ सिल्खुवेसीका हरिप्रसाद सुबेदीको ३ वटा गाई, मोहन मगरको दुई वटा गोरू र मुनामाया बोगटीको २ वटा गाईको पुरिएर मरेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्