झापा , बैशाख १९ । भोजपुरको षडानन्द नगरपालिका ७ का २९ बर्षीय रुद्रबहादुर न्यौपाने अरुण नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका ६ अरुण नदीको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी टोली खटि स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्