भद्रपुर , बैशाख १९ । बैकिङ कसूर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक गरामनी २ हाल बिर्तामोड ७ का ४७ वर्षिय विष्णु गौतम रहेका छन् । उच्च अदालत बिराटनगर, इलाम इजलास इलामको २०७७ पुष १३ गतेको फैसला अनुसार बैकिङ कसूर मुद्दामा उनलाई एक महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै गौतमले पीडित राहत कोषमा १ लाख ४० हजार रुपैयाँ जम्मा गर्नुपर्ने देखिएको छ । हालसम्म फरार रहेका गौतमलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्