बिर्तामोड, बैशाख २० । झापाको बिर्तामोड नगरपालिकाले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएका कारण अत्यावश्यकबाहेकका सबै सेवाहरु स्थगित गरेको छ ।

बिर्तामोड नगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै कार्यालयले प्रदान गर्दै आएका अत्यावश्यकबाहेकका सबै सेवाहरु बैशाख ३१ गतेसम्मको लागि स्थगित गरिएको जनाएको हो । नियमित कार्यालय सञ्चालन हुँदा कार्यालयमा भीडभाड बढ्दै जाने र सेवाग्राहीमा समेत संक्रमण फैलने जोखिमलाई मध्यनजर गरी नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिने अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले जानकारी दिए ।नगरपालिकाले स्वास्थ्य,वारुण यन्त्र,फोहोरमैला व्यवस्थापन,नगर प्रहरी सेवा र भूमिसम्बन्धी समस्या समाधान आयोगका कामहरु भने नरोक्ने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्