बिर्तामोड,बैशाख २१ । कोरोना संक्रमण रोकथामका लागि बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजारले जनचेतनामूलक कार्यक्रम गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रले प्रहरी चौकी बिर्ताबजारको सहयोगमा बिर्ताबजारमा सचेतनामूलक प्लेकार्डसहित कोरोना संक्रमणबाट जोगिन सर्वसाधारणलाई जनचेतना दिँदै मास्क वितरण गरिएको सेवा केन्द्रका अध्यक्ष केशव पाठकले बताए ।

टोलीमा सेवा केन्द्रका पदाधिकारी र प्रहरी चौकी बिर्ताबजारका प्रहरीको सहभागिता रहेको थियो । बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रले निरन्तर रुपमा विभिन्न जनचेतनामूलक र सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्