बिर्तामोड,बैशाख २१ । गैर नागरिकलाई नागरिकता दिएको आरोपमा अदालतमा मुद्धा परेपछि करिव एक वर्षदेखि फरार रहेका बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्की जंगेले उन्मुक्ति पाएका छन् ।

हिजो झापा जिल्ला अदालतमा आत्मसमर्पण गरी धरौटी राखेर उनले उन्मुक्ति पाएका हुन् । उनीमाथि विभिन्न तीनवटा मुद्धा लागेको थियो । ३–३ लाखको दरले ९ लाख रुपैयाँ धरौटी राखेर उनी तारेखमा मुक्त भएको जनाइएको छ । उनको मुद्धाको फैसला बैशाख ३० गते रहेको थियो । कोरोना संक्रमणका कारण अदालत बन्द हुने भएपछि उनले हिजै अदालत पुगेर धरौटी बुझाएका थिए । जिल्ला प्रशासन कार्यालय झापाको चलानी नं. ८३२ मिति २०७६÷०५÷०८ गतेको जाहेरीले झुठा विवरण पेश गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाई दिएको मुद्दा उनीमाथि दायर भएको थियो । झापा जिल्ला अदालतबाट वारेन्ट जारी भएपछि फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेश गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । किर्ते नागरिकता काण्डमा संलग्न भएको आरोपमा उनी करिव १३ महिनादेखि फरार थिए ।अब आफू जनताको काममा फर्किने उनले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्