इलाम, बैशाख २१ । इलाम माइ–जोगमाई गाउँपालिका ५ सोयाङकी ५४ बर्षीया ख्यामकुमारी लिम्बुको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी उनको टाउकोमा गंभीर चोट लागेको थियो । घाइते लिम्बुलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याउनासाथ राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्