झापा, बैशाख २१ । बिर्तामोडका ३८ सहित आज झापामा १६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा बिर्तामोडका १८ महिला , २० पुरुष , भद्रपुरका १७ महिला , २० पुरुष , मेचीनगरका ७ महिला , १० पुरुष , दमकका ४ महिला , १३ पुरुष , गौरादहका ६ महिला , ६ पुरुष , कनकाईका ३ महिला , ८ पुरुष , कमलका ६ महिला , २ पुरुष , अर्जुनधाराका ४ महिला , २ पुरुष , हल्दीबारीका ६ पुरुष, बुद्धशान्ति र शिवसताक्षीका २–२ महिला र १–१ पुरुष , बाह्रदशीका १ महिला , १ पुरुष , गौरीगञ्जका १ पुरुष र ठेगाना नखुलेका १ पुरुष रहेका छन् । योसँगै दोस्रो लहरमा नयाँ भेरियन्ट भएका संक्रमितको सँख्या ७४१ पुगेको छ । अहिलेसम्म कूल ५ हजार ४२२ जना संक्रमित भएका छन् । त्यसमध्ये ४ हजार ५४५ जना डिस्चार्ज भएका छन् ।दिनप्रतिदिन जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ । सोमबार १४८ जनामा संक्रमण देखिएको थियो । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्