राजगढ , बैशाख २२ । दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि बाह्रदशी गाउँपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ ।

बाह्रदशी १ मा रहेको जेष्ठ नागरिक भवनमा २० बेडको आइसोलेसन सेन्टर तयार गरिएको हो । अहिले तत्कालका लागि अक्सिजनको व्यवस्थासहित २० बेड तयार गरिएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । उनले आबश्यकता हेरी यसको क्षमता विस्तार गरिने जानकारी दिए । कोरोना संक्रमणको दोस्रो लहरमा बाह्रदशीमा अहिलेसम्म नयाँ भेरियन्टका ७ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्