मेचीनगर, बैशाख २२ । झापा मेचीनगरका व्यवसायी रवि नेपालले आफ्नो २५ औँ वैवाहिक वर्षगाठमा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

मेची उद्योग बाणिज्य संघ मेचीनगरका सचिव रहेका नेपालले आफ्नो २५ औं वैवाहिक वर्षगाठको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुनडाँगी र प्रहरी चौकी बाहुनडाँगीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

नेपाल दम्पतीले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुनडाँगीलाई एकहजार थान मास्क, ५० थान सेनिटाइजर र ५ थान टर्चलाईट तथा प्रहरी चौकी बाहुनडाँगीलाई दुई सय थान मास्क, १० थान सेनिटाइजर र ५ वटा टर्चलाईट वितरण गरेका थिए । ‘ हामी हाम्रो २५ औँ वैवाहिक वर्षगाठ रेष्टुरेण्टदेखि सुविधा सम्पन्न होटल र सामुदायिक भवनमा नै मनाउन सक्थ्यौं ’ रविले भने— ‘कोभिड १९ को महामारी नियन्त्रणमा अग्रभागमा खटिने सुरक्षाकर्मीलाई बचाउन सकेमात्र सर्वसाधारण सुरक्षित हुन्छन् भन्ने महशुस गरी सामाजिक कार्यमा खर्च गरेका हौं ।’ यो सानो कार्य भएपनि यसले ठूलो सन्देश दिने आफूले बिश्वास लिएको नेपालको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्