झापा , बैशाख २२ । झापामा आजै थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ३ का ४८ वर्षिय पुरुष रहेका छन् । उनको आज विहान विराटनगरको नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । भारतको आसामबाट फर्किएपछि उनलाई संक्रमण पुष्टि भएको थियो । दोस्रो लहर शुरु भएयता कनकाईमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । त्यस्तै ७० को हाराहारीमा नयाँ भेरियन्टका संक्रमितको सँख्या पुगेको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । आजै मेचीनगर–६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्