झापा , बैशाख २२ । झापामा आज १४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक प्रयोगशाला भद्रपुर र कोटीहोम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १४६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । कोटीहोममा जम्मा १५७ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै मेचीमा ९१ जनाको परीक्षण गर्दा ७८ जनाको रिपोर्ट पोजिटिभ आएको प्रयोगशालाले जनाएको छ । झापामा दिनानुदिन कोरोना संक्रमितको सँख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्