बिर्तामोड, बैशाख २२ । झापामा आज थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं ५ की धिमाल थरकी ७३ वर्षिया वृद्धा रहेकी छन् । उनको आज दिउँसो १.१० बजे घरमै मृत्यु भएको हो । उनलाई हिजो उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालले संभव नभएको भन्दै फर्काइदिएको थियो । दोस्रो लहर शुरु भएयता बिर्तामोडमा नयाँ भेरियन्टबाट पहिलो मृत्यु भएको हो । हालसम्म बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४ पुगेको छ । बिर्तामोडमा आज २० महिला २३ पुरुष गरी ४३ जनामा संक्रमण पुष्टि भएको छ । योसहित झापामा आज मात्र कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने कूल सँख्या १३८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्