झापा, बैशाख २२ । झापामा बुधबार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये सबैभन्दा बढी बिर्तामोडका १९ महिला र २२ पुरुष गरी ४१ जना रहेका छन् । त्यस्तै दमकका ९ महिला , २३ पुरुष , भद्रपुरका १९ महिला , १५ पुरुष , गौरादहका २ महिला , ४ पुरुष , मेचीनगरका ५ महिला , ५ पुरुष , कनकाईका ४ महिला , १० पुरुष , हल्दीबारीका १ महिला , १ पुरुष , अर्जुनधाराका ४ महिला , ५ पुरुष , बुद्धशान्तिका १ महिला , २ पुरुष , कचनकवलका १ महिला , २ पुरुष , कमलका ४ महिला , ५ पुरुष , शिवसताक्षीका २ महिला , १ पुरुष , झापाका २ महिला , ३ पुरुष र ठेगाना नखुलेका ६ महिला र १ पुरुष रहेका छन् । दोस्रो लहर शुरु भएयता एकैदिन यति धेरै सँख्यामा संक्रमित बढेको पहिलो पटक हो ।झापामा नयाँ भेरियन्ट भएका सक्रिय संक्रमितको सँखया ८९८ पुगेको छ । कूल ५ हजार ६०० संक्रमितमध्ये ४ हजार ५६० जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा थपिए ५७७ जना
प्रदेश १ मा बुधबार ५७७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष सहित १५४, सुन्दरहरैचामा ११, कटहरीमा ७, पथरीशनिश्चरेमा ६, कानेपोखरीमा ४, उर्लाबारीमा ३, बेलबारी, धनपालथान र जहदामा २–२, रंगेली, लेटाङ, मिक्लाजुङ, ग्रामथान , स्थानीय तह नखुलेका १–१,सुनसरीको धरानमा ६०, इनरुवामा १८, इटहरीमा ९, बराहक्षेत्रमा ३, बर्जू, दुहबी र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, गढी, हरिनगर, रामधुनी र कोसी गाउँपालिकामा १–१,

धनकुटाको धनकुटा नगरपालिकामा १६, छथर र स्थानीय तह नखुलेका २–२, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको इलाम नगरपालिकामा ९, रोङमा ५, देउमाईमा २, स्थानीय तह नखुलेको १, संखुवासभाको चैनपुरमा ४, धर्मदेवीमा ३, चिचिलामा १, उदयपुरको त्रियुगा र रौतामाईमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर र पौवादुङ्मामा २–२, पाँचथरको मिक्लाजुङ, कुम्मायक, याङवरकमा १–१, खोटाङको जन्तेढुङ्गामा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुमको म्याङ्लुङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको सँख्या ३५ हजार १२९ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ९० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको सँख्या ४ हजार ५११ पुगेको छ ।
प्रदेश १ मा बुधबार १ हजार ३२१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्