बिर्तामोड , बैशाख २३ । कोरोना भाइरस संक्रमणले उच्च गति लिएपछि झापामा गएरातिदेखि एक हप्ताका लागि पूर्ण निषेधाज्ञा लागू गरिएको छ ।

पूर्ण निषेधाज्ञाका कारण आज बिहानैदेखि यातायात , बजार , उद्योग , कलकारखाना बन्द छन् ।
दोस्रो लहरअन्तर्गत झापाभित्र समुदायस्तरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयासस्वरूप जिल्ला प्रशासन कार्यालय झापाले बैशाख २२ गते बुधवार मध्यरातबाट लागु हुने गरी पूर्ण निषेधाज्ञा लागू गरेको हो । हिजो मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्