दमक, बैशाख २३ ।झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नं ५ का ५३ वर्षिय पुरुष रहेका छन् । उनको आज विहान सवा १० बजे मृत्यु भएको हो । होम आइसोलेसनमा बसेका ती संक्रमितको अबस्था थंभीर बनेपछि उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।उनलाई बैशाख २१गते विराट मेडिकल कलेजमा संक्रमण पुष्टि भएको थियो । दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै दमकमा ५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्