झापा , बैशाख २३ । बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।

विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको उल्लेख गरेका छन् । यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उनी डिस्चार्ज भएका थिए । उनले ‘घुम्तीमा नआउ है’, ’पर लैजाउ फूलहरू’, ’गोरेटो त्यो गाउँको’, ’नमान लाज यसरी’ लगायतका दर्जनौं कालजयी गीत गाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्