दमक, बैशाख २३ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणवाट प्रदेश १ मा हालसम्म १८ जना पत्रकार संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमका अनुसार संक्रमित हुनेमा झापाका ७ , मोरङका ६, सुनसरीका २ र पाँचथर,खोटाङ र ओखलढुंगाका एक –एक जना पत्रकार रहेका छन् । त्यसमध्ये झापाका एकजना पत्रकार कोरोनाबाट निको भएका छन् ।
संक्रमित सबै पत्रकारहरु चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा उपचाररत छन् । महासंघले कोरोनाको यस महामारीका बेला कार्यस्थलमा उच्च सतर्कताका साथ काम गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्