झापा, बैशाख २२ । झापामा बिहीबार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये सबैभन्दा बढी दमकका ३२–३२ जना महिला र पुरुष गरी ६४ जना रहेका छन् । त्यस्तै बिर्तामोडका ७ महिला , १५ पुरुष , मेचीनगरका १३ महिला , ९ पुरुष , कनकाईका ५ महिला , ७ पुरुष , गौरीगञ्जका १० महिला , ७ पुरुष , कमलका ९ महिला , १३ पुरुष ,गौरादहका १ महिला , १ पुरुष, भद्रपुरका ४ महिला , ७ पुरुष , अर्जुनधाराका ४ पुरुष , बुद्धशान्तिका १ महिला, ३ पुरुष , शिवसताक्षीका ४ महिला , २ पुरुष, झापाका १ पुरुष र ठेगाना नखुलेकी एक महिला रहेका छन् । योसँगै झापामा सक्रिय संक्रमितको सँख्या १०८१ पुगेको छ ।जिल्लामा कूल संक्रमितको सँख्या ५ हजार ७९० पुगेकोमा ४ हजार ५६५जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्