उदयपुर, बैशाख २४ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भिरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भिरमाथि सडकमा बिग्रिएको र सोही सुमोमा सवार धरान–५ का १८ बर्षीय सुवाष परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएका थिए । घाइतेलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्