ईलाम, बैशाख २४ । ईलाम नगरपालिका–५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ ।

आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्