झापा, बैशाख २४ । झापामा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना महिला रहेका छन् ।
गौरादह ४ की एक संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दमकको एड्भान्स अस्पतालमा उपचारको क्रममा ५० वर्षिया ती महिलाको आज बिहान मृत्युु भएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । हिजो स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियोे । त्यस्तै दमक ३ की ३१ वर्षिया महिलाको पनि आज विहान मृत्यु भएको छ । कोशी कोभिड अस्पताल विराटनगरमा उपचारका क्रममा बिहान ४ बजे उनको मृत्यु भएको हो । उनलाई बैशाख २१ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुने संक्रमितको सँख्या ६ पुगेको छ । झापामा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४६ पुगेको छ ।