बिर्तामोड, बैशाख २५ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दमकमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको हो । दमक ८ की ८३ बर्षिया बृद्धाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा आज बिहान ६ बजे मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बैशाख १७ गते संक्रमण पुष्टि भएपछि उनी २० गते अस्पताल भर्ना भएकी थिईन् । दमकमा दोस्रो लहरको संक्रमणबाट ७ जनाको मृत्युु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्