झापा, बैशाख २५ । झापामा आज फेरि दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुने दुवैजना बृद्धा रहेका छन् । हिजो पनि दुई महिलाको मृत्यु भएको थियो । ती दुवै बृद्धाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा आज बिहान मृत्यु भएको हो । बिर्तामोड ५ की ६२ वर्षिया खड्का थरकी बृद्धाको बिहान १०.४५ बजे मृत्यु भएको नगरपालिकाका कोभिड पर्सन ओम खड्काले बताए । संक्रमण पुष्टि भएपछि ती बृद्धा केही दिनदेखि उपचाररत थिइन् । बिर्तामोडको ५ मा नयाँ भेरियन्टबाट दुईजनाको मृत्यु भइसकेको छ । आफ्नो वडाभित्र धेरै संक्रमित देखिएको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए । त्यस्तै दमक ८ की ८३ बर्षिया बृद्धाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा बिहान ६ बजे मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बैशाख १७ गते संक्रमण पुष्टि भएपछि उनी २० गते अस्पताल भर्ना भएकी थिईन् । दमकमा दोस्रो लहरको संक्रमणबाट ७ जनाको मृत्युु भइसकेको छ ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्