झापा, बैशाख २६ । मेचीनगर–६ काँकरभिट्टाका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।

वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार ६० बर्षीय पुरुषको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । उनलाई २४ गते शुक्रबार उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो बेलुकी १० बजे उनको मृत्यु भएको वडाध्यक्ष तामाङले बताए । मृतकको अन्त्येष्टि विराटनगरमै गर्ने तयारी भइरहेको छ । योसंगै मेचीनगरमा कोरोनाको दोस्रो लहर चलेयता मृत्यु हुने कोरोनासंक्रमितको संख्या तीन पुगेको छ । मृतक तीनै संक्रमित वडा नम्बर ६ का रहेका छन् ।बैशाख २२ गते एकैदिन काँकरभिट्टाका दुईजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्