मोरङ, बैशाख २६ । आज बिहान वर्षासहित परेको चट्याङमा परी मोरङको छुट्टाछुट्टै स्थानमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् ।

आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रविन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्मा परी गम्भरी घाईते भएका थिए । उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरिया का ४५ बर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झट्का लागेर घाईते भएका छन् । उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्