झापा, बैशाख २६ । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी ५० शैय्याको आइसोलेसन तयार पारेको छ ।

मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैय्याको आइसोलेसन तयार पारिएको नगरपालिकाले जनाएको छ ।बढ्दो कोरोना संक्रमणको ग्राफलाई मध्यनजर गरी आइसोलेसन तयार गरिएको र आवश्यक भए यसलाई बढाएर लैजाने नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।यस आइसोलेसनका लागि हाललाई २ जना स्वास्थ्यकर्मी छुट््याइएको छ ।
नगरपालिकाले यसअघि नै अनारमनीमा रहेको नगर अस्पतालमा अक्सिजनसहित ५ शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्