झापा ,बैशाख २७ । झापामा थप तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अर्जुनधाराका दुईसहित तीनजना पुरुष छन् ।

अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय बृद्ध रहेका छन् । उनको उपचारका क्रममा धरानमा मध्यरातमा मृत्यु भएको हो ।त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज बिहान ३ बजे बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।प्रधानलाई अन्य रोगको उपचारका लागि धरान लगिएकोमा उतै परीक्षण गर्दा बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । यस्तै, अधिकारीलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।योसँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यसपटक ३ पुगेको छ । आइतबारसम्म अर्जुनधारामा कारोना संक्रमितको संख्या ११० रहेको छ । त्यस्तै बिर्तासिटी हस्पिटलमै शिवसताक्षीका एक कोरोना संक्रमित बृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं १० का ८५ वर्षिय बृद्ध रहेका छन् । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १५४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्