हल्दीबारी , बैशाख २७ । हल्दीबारी गाउँपालिकाले २० बेडको आइसोलेसन सेन्टर तयार पारेको छ ।

हल्दीबारी २ स्थित हल्दीबारी हेल्थपोष्टमा अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार पारिएको स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले बताए । उनले ७ वटा बेडमा अक्सिजनसहितको सिलिण्डरको व्यवस्था भइसकेको बताउँदै बाँकी बेडका लागि पनि मगाइएको जानकारी दिए । कोरोना संक्रमितको चाप हेरी बेड थप्दै जाने उनले बताए । सो आइसोलेसन सेन्टरको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले अनुगमन गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता नयाँ भेरियन्टबाट हल्दीबारीमा ३४ जना संक्रमित भएका

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्