बिर्तामोड , बैशाख २७ । आफ्ना सदस्यहरुलाई सुपथ र सर्वसुलभ रुपमा आबश्यकीय सरसामान उपलब्ध गराउने उद्धेश्यले विराट बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी पसल संचालनमा ल्याएको छ ।

बिर्तामोड ३ सैनिकमोडस्थित आफ्नै विराट भवनमा सहकारीले ५० लाख रुपैयाँको लगानीमा हिजोदेखि विराट सहकारी पसल संचालन गरेको हो । कोरोना कहरका कारण सामान्य रुपमा सहकारी पसलको उद्घाटन गरिएको सहकारीका सचिव रुद्र सिटौलाले बताए ।

सहकारी पसलमा दैनिक उपभोग्य वस्तु , कस्मेटिक ,कोल्डड्रिंग्सलगायतका सामान राखिएका छन् । यसमा अरु आइटमहरु थप्दै जाने सचिव सिटौलाले बताए । गत वर्ष नै विराट बहुउद्देश्यीयले सहकारी पसल संचालन गर्ने योजना बनाएको थियो । सहकारी पसल संचालन गर्नका लागि सहकारीका उपाध्यक्ष पर्शुराम सिटौलाको संयोजकत्वमा समिति गठन गरिएको थियो । संयोजक सिटौलाको असामयिक निधन भएपछि सहकारी पसल संचालनमा ढिलाइ भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्