मोरङ, बैशाख २७ । मोरङ रंगेली नगरपालिका ९ बेदमारीमा इटा बनाउन खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवी इटा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँका छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा पानीको खाल्डोमा डुबेका थिए । सिकिस्त बालकलाई उपचारको लागि रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्