झापा ,बैशाख २७ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बढ्दै गएको छ । आइतबार तीनजनाको मृत्यु भएकोमा सोमबार मृतकको सँख्या पाँच पुगेको छ । मृत्यु हुनेहरुमा अर्जुनधाराका दुईसहित चार पुरुष र एक महिला छन् ।

अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय बृद्ध रहेका छन् । उनको उपचारका क्रममा धरानमा मध्यरातमा मृत्यु भएको हो ।त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको सोमबार बिहान ३ बजे बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । प्रधानलाई अन्य रोगको उपचारका लागि धरान लगिएकोमा उतै परीक्षण गर्दा बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । यस्तै, अधिकारीलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।योसँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यसपटक ३ पुगेको छ ।

त्यस्तै बिर्तामोड ६ की ५० वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । सोमबार विहान ११ बजे उनको घरमै मृत्यु भएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । चार दिनअघि बिएण्डसी हस्पिटलमा परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भएको थियो । योसँगै नयाँ भेरियन्टबाट बिर्तामोडमा ४ जनाको मृत्यु भइसकेको छ ।
त्य

स्तै बिर्तासिटी हस्पिटलमै शिवसताक्षीका एक कोरोना संक्रमित बृद्धको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं १० का ८५ वर्षिय बृद्ध रहेका छन् ।
त्यस्तै गौरादहका एक पूर्वजनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
६८ बर्षिय पूर्व वडाध्यक्षको दमकको एड्भान्स अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । यसअघि पनि गौरादह ४ कै एक जना महिलाको मृत्यु भएको थियो । दोस्रो लहरको कोरोना शुरु भएयता गौरादहमा २ जनाको मृत्यु भएको छ । ती दुबै एउटै वडाका हुन् । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १५६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्