झापा, बैशाख २८ । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दमक र गौरादहका एक–एकजना महिला र पुरुष रहेका छन् ।

दमक ६ की ५५ वर्षिया महिलाको विराट मेडिकल कलेजमा आज बिहान ५ बजे मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । बैशाख १७ गते संक्रमण पुष्टि भएपछि उनलाई दमकको कोभिड हस्पिटलमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि पाँच दिनदेखि उनको विराट मेडिकल कलेजमा विराटनगरमा उपचार भइरहेको थियोे । त्यही उनको मृत्यु भएको हो । दमकमा एक सातामा ४ महिला र ४ पुरुष गरी ८ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै आज बिहान गौरादह २ का ५५ वर्षिय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।उनलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । एक सातामा गौरादहमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । झापामा दोस्रो लहरको संक्रमण शुरु भएयता २८ जनाको मृत्यु भएको छ भने कूल संक्रमित मृतकको सँख्या १५८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्