बिर्तामोड , बैशाख २८ । झापामा मंगलबार १७० जना नयाँ संक्रमित थपिएका छन् ।

थपिनेमा ६० महिला र ११० पुरुष छन् ।त्यसमध्ये २२ महिला र २७ पुरुष एन्टीजेनका रहेका छन् । संक्रमितमध्ये भद्रपुरमा सबैभन्दा बढी १८ महिला र ४२ पुरुष गरी ६० जना संक्रमित देखिएका छन् । त्यस्तै मेचीनगरमा ५ महिला , १४ पुरुष संक्रमित भएका छन् । स्वास्थ्य कार्यालयले बिर्तामोडमा ७ महिला र ४ पुरुष गरी ११ जना संक्रमित थपिएको तथ्यांक दिएको छ । जबकि बिर्तामोड नगरपालिकाले मंगलबार १५ महिला र ९ पुरुष गरी २४ जना संक्रमित थपिएको जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार दमकमा ४ पुरुष , हल्दीबारीमा २ महिला , १ पुरुष , अर्जुनधारामा १ महिला , २ पुरुष , बुद्धशान्तिमा ३ महिला , ८ पुरुष , कचनकवलमा १ महिला , ६ पुरुष ,कमलमा १ महिला , १ पुरुष र ठेगाना नखुलेका एक पुरुष रहेका छन् । योसँगै झापामा सक्रिय संक्रमितको सँख्या १ हजार ८३९ पुगेको छ । कूल संक्रमितको सँख्या ६ हजार ६६७ पुग्दा ४ हजार ६७४ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्