झापा , बैशाख २८ । झापामा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर ४ बस्ने राजवंशी थरका ४८ वर्षिय पुरुष रहेका छन् । उनको आज दिउँसो ४.४५ बजे मृत्यु भएको हो । बिर्तामोडको बिएण्डसी हस्पिटलबाट मेची अस्पताल पु¥याउनासाथ उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । योसहित आजै झापामा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६० पुगेको छ ।




