झापा , बैशाख २९ । नेकपा एमाले नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

नेता चौलागाईमा केही दिनअघि कोरोना संक्रमण भएको थियो।
उनको मृत्यु भएको लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पुष्टि गरेका हुन्। हिजो उनको निधन भएको हो।
दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
२०२० साल फागुन ५ गते जन्मिएका चौलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए। २०३७ देखि २०४७ सम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए। २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३÷६४ को अन्तरिम व्यवस्थापिका सांसद बनेका थिए। त्यस्तै २०७०–७४ मा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०७१–७५ सम्म उनी एमालेको पोलिटब्युरो सदस्य थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्