मेचीनगर, बैशाख २९ । कोरोना संक्रमणका कारण मेचीनगरमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुने दुवैजना मेचीनगर वडा नं. १० का स्थानीय रहेको वडा अध्यक्ष सुवेशकुमार पनेरुले जानकारी दिए । मृत्यु हुनेमा मेचीनगर १० का ३९ बर्षिया राजवंशी समुदायकी महिला र ६६ बर्षिय श्रेष्ठ थरका पुरुष रहेको वडा अध्यक्ष पनेरुले बताए । हिजो बेलुका ७.३० बजे महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको राति ९ बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो । योसंगै कोरोनाको दोस्रो लहर शुरु भएयता मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि मेचीनगर ६ का ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

त्यस्तै आज बिहान कचनकवल ५ का एक कोरोना संक्रमित बृद्धको मेची अस्पतालमा मृत्यु भएको छ । राजवंशी समुदायका ७० वर्षिय बृद्धको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्