बिर्तामोड , बैशाख २९ । नेपाल खेलकुद महासंघ झापा शाखाले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

महासंघका अभियान संयोजक केन्द्रीय वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको निर्देशनमा झापा शाखाले स्वास्थ्य सामग्री वितरण गरेको हो । महासंघका स्थायी कमिटी सदस्यहरु राजकुमार थापा, चन्द्र प्रसाईं तथा सचिवालय सदस्यहरु रविन खरेल,तारा खतिवडा,सुबास मेचे, केन्द्रीय सदस्यहरु सुरज रिङ्गालिङ,रबिन ओझालगायतले स्वास्थ्य सामग्री व्यवस्थापन गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा कोभिड व्यवस्थापनमा अग्रभागमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको सचिवालय सदस्य तारा खतिवडाले बताए ।महासंघ झापाका सचिव भवानी बरालले संचालन गरेको हस्तान्तरण कार्यक्रमको सहजीकरण झापा अध्यक्ष हिमाल कन्दङ्वाले गरेका थिए । सो अभियान झापाको दमक,गौरादह, शिवसताक्षी,,कन्काई, बिर्तामोड ,मेचीनगर र भद्रपुरमा संचालन गरिने महासंघले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्