बिर्तामोड , बैशाख ३० । कोरोेना संक्रमणबाट मृत्युदर बढ्ने क्रममा झापाको बिर्तामोडमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड ४ का निरौला थरका ९० वर्षिय बृद्ध रहेका छन् । उनको गएराति ११.५ बजे होम आइसालेसनमा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले जानकारी दिए । ती बृद्धलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको र त्यसपछि उनी घरमै होम आइसोलेसनमा रहेका थिए । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएयता बिर्तामोडमा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।




