झापा, बैशाख ३१ । प्रहरी प्रशासनले निषेधाज्ञा लगाएर सीमा बन्द गरेका बेलामा समेत भारतबाट तस्करी रोकिएको छैन ।

भारतबाट भन्सार छलेर ल्याएको ठूलो परिमाणको सामान शुक्रबार सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीको २ नं गणबाट खटिएको गस्ती टोलीले २४ लाख ५४ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरी भद्रपुर भन्सार कार्यालयमा बुझाएको हो ।

मे १ च ५३२९ नं को छोटा हात्तीमा राखेर ल्याउँदै गरेको ४६ बोरा चिनी र १५ बोरा सूर्ती तथा मे १ च १९०८ नं को छोटा हात्तीमा राखेर ल्याउँदै गरेको २५० केजी माछाको भुरा बरामद गरिएको गणले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्